काठमाडौँ । मंगलबार सेयर बजारमा सबैभन्दा बढी प्रभु बैंकको ११ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको क्लोजिङ मुल्य १ सय ५६ रुपैयाँ रह्यो । त्यस्तै, सबैभन्दा कम कारोबार साल्ट ट्रेडिङ कम्पनीको भएको छ ।
यस कम्पनीको १ करोड ७१ लाख ७७ हजार ५ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा भने मंगलबार नेप्से ७.४८ अंकले घटेर १२ सय ४३.३८ मा पुगेर रोकिएको छ ।
मंगलबार १ अर्व २६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर किनबेच भएका छन् । खास गरी, बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादन मुलक संस्था उपसमूहको कारोबारमा गिरावट आएको छ ।
२०७६ पुस २९ गते प्रकाशित
वि.सं.२०७६ पुस २९ मंगलवार १६:१० मा प्रकाशित