नेपाल प्रहरीमा खुल्यो यति धेरै संख्यामा जागिर, यस्तो छ अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त माग गरेको छ । नेपाल प्रहरीको प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको हो ।

जस अन्तरगत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग छ। त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ ।

त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको हो ।

हेर्नुहोस् सूचना


२०७६ माघ ०१ गते प्रकाशित

२०७६ माघ १ गते ०८:२४ मा प्रकाशित

You can share this post!

आन्तरिक व्यवस्थापन थप बलियो बनाउन एनआइसी एशियाले तान्यो अन्य बैंकका उच्च पदका कर्मचारी

एक आपसमा गाभिँदै डेढ दर्जन लघुवित्त संस्थाहरु, यी हुन् जोडी (सूचिसहित)

Related posts