काठमाडौं । भोलि माघ २ गते र पर्सी ३ गते शुक्रवारका दिन सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै माघी पर्वको अवसरमा कैलालीकोको कैलारी गाउपालिकाले यस अघि नै माघ १, २ र ३ गते कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको थियो ।
गत सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेपछि सोही अनुसार बिदा गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो ।
२०७६ माघ ०१ गते प्रकाशित
वि.सं.२०७६ माघ १ बुधवार ०९:०८ मा प्रकाशित