back
NMB ad

थप अध्ययन गरेर मात्र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिइने

Kumari bank ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ ।

बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने भन्ने अध्ययनकै विषय रहेको बताए ।

उनले बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवश्यकता रहेको बताए ।

उनले नेप्सेमा समय सापेक्ष सुधारको आवश्यकता रहेको समेत बताए । अहिले रियलटाइममा कारोबार हुन नसकेको बताउँदै त्यस्तो कारोबारका लागि नेप्सेले पनि काम गर्नुपर्ने बताए ।

त्यस्तै अध्यक्ष ढुंगानाले कमोडिटिज एक्सचेन्जको संख्या तोकेर लाइसेन्स दिने भन्दा पनि आवश्यकता के हो त्यसको अध्ययन गरेर मात्र लाइसेन्स दिने बताए । उनले वोर्डमा आवेदन दिएका कम्पनीहरुको मूल्याङ्कन नै नभएको अवस्थामा कतिवटा कमोडिटिज एक्सचेन्ज दिने भन्ने निर्णय नगरिएको समेत बताए ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै बोर्डले धितोपत्र बजारको सुधारका लागि प्रयाप्त काम गरिरहेको बताए । उनले पूँजीगत लाभकारको गणनालाई थप सरल र सहज बनाउने क्रममा लगानीकर्ता स्वयंले सिडिएससिको वेबसाइटमार्फत आधार मूल्य प्रविष्ट गरी पेश गर्न सकिने व्यवस्था गरिएको बताए ।

उनले २१ धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबार गर्न अनुमति पाइसकेको र ३ वटाले कारोबार सुरु गरिसकेकाले बजार सुधारका प्रयासहरु सकारात्मक भएको बताए ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्रादेशिक ब्रोकरको लाइसेन्स दिने सम्बन्धमा अध्ययन भइराखेको जानकारी समेत दिए । उनले प्रादेशिक ब्रोकर दिन नेप्से सक्षम रहेको बताउँदै बोर्डले यस सम्बन्धी निर्णय छिट्टै लिने समेत बताए ।

२०७६ माघ ०१ गते प्रकाशित

वि.सं.२०७६ माघ १ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...