back
NMB ad

तीन कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा

Kumari bank ad

काठमाडौं । तीन कम्पनीले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएका छन् । एनएमबि बैंक, लुम्बिनी विकास बैंक तथा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएका हुन् ।

एनएमबि बैंकले पुस २४ गते सम्पन्न २४औं वार्षिक साधरण सभाबाट पारित १४ प्रतिशत (कर समेत)नगद लाभांश शेयरधनीको हितग्राही खातामा उपलब्ध बैंक खातामा माघ २ गते (आज)देखि जम्मा गर्ने भएको छ ।

हालसम्म पनि भौतिक रुपमा नै शेयर प्रमाणपत्र र शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्ने बैंकले उल्लेख गरेको छ । बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी विकास बैंकले १५ प्रतिशत नगद लाभांश (कर सहित)शेयरधनीको बैंक खातामा माघ १ गतेदेखि जम्मा गरिदिएको छ । बैंकको पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा सो लाभांश जम्मा गरेको हो ।

हितग्राही खातमा बैंक खाता नं अद्यावधिक नगराएका शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराइ शेयर अभौतिकीकरण गर्न समेत बैंकले अनुरोध गरेको छ । साथै, लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नियमअनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै बेहोर्नु पर्नेछ । बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २ गते (आज)देखि नगद लाभांश जम्मा गर्ने भएको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत उक्त लाभांश जम्मा गर्न लागेको हो ।

कम्पनीको पुस २६ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाले ११ दशमलव ५७९ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार ०९:४९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...