back
NMB ad

जीवन पद्धति नै विपद्सँग जुध्न सक्ने बनाउन जरुरी छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाण्डौ । आज २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० सालको भूकम्पको सम्झना तथा भूकम्पबाट हुने क्षति कम गर्नेबारे चेतना जगाउने उद्देश्यले माघ २ गते यो दिवस मनाउने गरिन्छ ।

विसं १९९० सालमा महाभूकम्प गएको दिनको समय पारेर आज दिउँसो २ बजेर २४ मिनेटमा भक्तपुरमा विशेष कार्यक्रम र देशैभरि सचेतनामूलक कार्यक्रम आयोजना गरिने सरकारले जनाएको छ ।

विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको दिवसका लागि यसपटकको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ तय गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिनु भयो ।

नेपाल भूकम्पको जोखिमका हिसाबले विश्वको ११औँ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गर्नु भएको छ ।

भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्य संरचनाका अङ्गहरूमा मात्र नभइ समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी रहेको बताउनु भएको छ ।

‘सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको छ, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौँ’ – सन्देशमा भनिएको छ ।

विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पमा झण्डै नौ हजार मानिसको ज्यान जानुका साथै आठ लाखभन्दा धेरै निजी घर र नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

भूकम्पबाट अति प्रभावित १४ सहित ३२ जिल्लामा पुनर्निर्माणको काम चलिरहेको छ । विसं २०७२ सालमा भूकम्प गएको ९ महिनापछि माघ २ गते पुनर्निर्माण महाअभियान सुरु भएको थियो ।

तर पुननिर्माणको जिम्मा पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पटक–पटक भएको नेतृत्व परिवर्तन लगायत कारणले पुनर्निर्माणको काम प्रभावकारी हुन नसकेको भन्दै प्राधिकरणको आलोचना हुने गरेको छ ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार ०९:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...