back
NMB ad

ऐतिहासिक खत्रक्पा र फुलुङगी पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ : मन्त्री नेम्बाङ

Kumari bank ad

इलाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगी क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताउनु भएको छ ।

बुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको महान पर्व कक्फेवा तङनाम माघेसक्राती सत्यहाङमा शान्ति मकरमेला समापन समारोहलाई सम्बोधन गदैै उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री नेम्बाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्दले ज्ञान प्राप्त गर्नु भएका खत्रक्पा र फुलुङगी ऐतिहासिक भूमि रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘यो ऐतिहासिक भूमि पवित्र छ ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि यहि हो ।’ उहाँले थप्नुभयो ‘वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेईङ’ ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि पनि यहि हो ।’

उहाँले राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले कठोर तपस्या गरेर प्राप्त गरेका ज्ञान र शक्तिलाई विश्व मानव हितका लागि उपयोग गर्नु पर्ने धारण राख्नु भयो ।

विश्व शान्ति र मानव एकताको कामना गर्दै २ लाख १७ हजार २ सय १६ बत्ती प्रज्वलन गर्नु भएका नेम्बाङले यो अवसर जुरेकोमा आफुलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले भन्नुभयो ‘धेरै पहिलेदेखि यस ठाउमा आउन चाहेको तर आउन नसकेको यसपटक भने आयोजकको निमण्त्रणाले इच्छा पुरा भएको छ ।’

यस क्षेत्रको चौतर्फी विकासका लागि माङसेबुङदेखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किरातीहरुको धार्मिक तिर्थस्थल फक्तालुङसम्म मोेटरबाटो निर्माणको काम समेत अघि बढाइएकोे मन्त्री नेम्बाङले जानकारी दिनुभयो ।

कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेन, पूर्व राज्य मन्त्री बेनुप प्रसाईं, प्रतिनिधि सभाका सांसद एल. पी. साँवा र स्थानीय तह प्रतिनीधिहरुका समेत उपस्थिति रहेको थियो ।

मन्त्री नेम्बाङले बुधबार नै माई खोलामा निर्माणका अन्तिम चरणमा रहेको ५ सय ७५ मीटर लामो पक्की पुलको समेत निरीक्षण गर्नु भएको छ ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...