साताको अन्तिम दिन सेयर बजार २६ अंकले वृद्धि, यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार २६ अंकले बढेको छ । बिहीबार सेयर बजार बढेर १ हजार ३१० अंकमा पुगेको छ ।

लामो समयपछि बजारले १ हजार ३०० अंक पार गरेको हो । दुई सातादेखि उकालो लागेको बजारले बिहीबार पनि निरन्तरता पाएको छ ।

बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ बराबरको ५० लाख २५ हजार ५६३ कित्ता सेयर किनबेच भएको छ ।

हिमालयन डिस्टिलरी लिमिटेड र शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यी दुई कम्पनीले कारोबार रकम बढाएका छन ।

हिमालयन डिस्टिलरीको प्रतिकित्ता १ हजार २६८ रुपैयाँमा १४ करोड ३८ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

शिवमको ५२४ रुपैयाँमा १३ करोड ५९ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै एनआईसी एसिया बैंकको ४७५ रुपैयाँमा ६ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार व्यापार, बैंक तथा वित्त, बीमा, जलविद्युत, होटल, उत्पादनमुलक र म्युचअल फण्डको परिसुचक बढेको छ ।
एनआईबीएल प्रगति फण्ड, ग्लोबल आईएई लघुवित्त, आईसीएफसी फाइनान्स, तिनाउँ मिसन डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले कमाएका छन ।

२०७६ माघ ०२ गते प्रकाशित

२०७६ माघ २ गते १५:११ मा प्रकाशित

You can share this post!

तेस्रो घण्टामा २४.७४ अंकले बढ्यो नेप्से, १ अर्ब १२ करोडको कारोबार

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय (सूचिसहित)

Related posts