राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दोष ठहर, पुनर्बहाली हुने

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दोष रहेको ठहर गरेको छ । छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दै मन्त्रिपरिषदले श्रेष्ठ निर्दोष रहेको ठहर गरेको हो ।

राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मी संयोजक रहेको अध्ययन समितिले सरकारलाई २ साता अघि प्रतिवेदन बुझाएको थियो ।

अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि उनी निर्दोष रहेको पाइएकाले सफाइ दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।

छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले श्रेष्ठसँग अघिल्लो आइतबार ५ दिन समय दिँदै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिँदै श्रेष्ठले आफू निर्दोष रहेको दावी गरेका थिए ।

२०७६ माघ ०२ गते प्रकाशित

२०७६ माघ २ गते १६:३३ मा प्रकाशित

You can share this post!

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय (सूचिसहित)

अहिलेसम्मकै ठुलो आइपिओ जारी गर्दै इन्फ्रास्ट्रचर बैंक, विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Related posts