back
NMB ad

विद्युत् प्रणाली सुधारका लागि १३ अर्ब

Kumari bank ad

काठमाडौं । सरकारले मुलुकको विद्युत् वितरण प्रणाली सुधार तथा स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली बैंकबाट प्राप्त हुने करिब १२ अर्ब ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

उक्त रकम विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि खर्च गरिनेछ । यस्तै, तामाकोसी–काठमाडौं २२०/४०० केभी क्षमताको प्रसारण लाइनको ‘राइट अफ वे’ सहित केही टावर संरचना तयार गर्न दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र भक्तपुरमा परेका विभिन्न ५६ सामुदायिक वनलगायतको कूल १०३.२२० हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

हेटौंडा–ढल्केबर–दुहवी ४०० केभी प्रसारण लाइनको चौथो खण्डअन्तर्गत मकवानपुरमा पर्ने ‘राइट अफ वे’ सहित केही टावर संरचना तयार गर्न मकवानपुरको हेटांैडा, छत्तीवन, हर्नामडी र राइगाँउमा रहेका विभिन्न १७ सामुदायिक वन र दुईटा कबुलियती वनलगायतको कूल ८०.६६ हेक्टर राष्ट्रिय वनको जमिन प्रयोग गर्न स्वीकृति दिइएको छ ।

राप्ती हाइड्रोले निर्माण गरिरहेको रुकुमगाँड जलविद्युत् आयोजनाको ३३ केभी क्षमताको प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्ने विभिन्न पाँच सामुदायिक वनलगायतको कूल ४.०४९९ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिइएको छ ।

जग्गा प्राप्तिको स्वीकृति

मन्त्रिपरिषद्को बैठकले विभिन्न भौतिक संरचना निर्माणका लागि जग्गा प्रयोगको स्वीकृति दिइएको छ । भेरी नगरपालिका जाजरकोटको साविक जगतिपुर गाविस– १ हाल भेरी नगरपालिका–५ को ११ हजार १९० वर्ग्मिटर जग्गा जाजरकोट बहुप्राविधिक शिक्षालय निर्माणका लागि प्राप्ति गर्न स्वीकृति दिइएको छ ।

यसैगरी, गोरखाको भीमसेन थापा गाउँपालिका–५ को दुई रोपनी १३ अना १ पैसा २ दाम जग्गा प्रशासकीय भवन निर्माणका लागि र प्यूठान नपरपालिका–७ को १८३ वर्ग्मिटर जग्गा झोलुंगे पुल निर्माणका लागि दिने निर्णय सरकारले गरेको छ ।

पाँचखपन नगरपालिका–७ संखुवासभाको ४ रोपनी जग्गा प्रहरी चौकी स्तरोन्नतिका लागि र वडा नं ६ को ७ रोपनी जग्गा वाना प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि प्रदान गरिने निर्णय भएको प्रवक्ता बाँस्कोटाको भनाइ छ ।

त्यस्तै, रौतहटको माधवनारायण नगरपालिका–२ को ४ कट्ठा जग्गा स्वास्थ्य चौकी भवन निर्माण, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ असिनफाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा सल्यानटार रंगशाला निर्माणका लागि दिने निर्णय भएको उनले बताए ।

यसैगरी, धनुषाको बटेश्वर गाउँपालिका–१ को १ बिघा ३ कट्ठा १२ धुरमध्ये ३७२.५ वर्ग्मिटर जग्गा स्वास्थ्य चौकी निर्माणका लागि र सोही गाउँपालिका–५ को २ बिघा १८ कट्ठा ९ धुरमध्येबाट प्रसूति गृह निर्माणका लागि दिने निर्णय गरिएको छ ।

धादिङकै गल्छी गाउँपालिका, काठमाडौंको टोखा नगरपालिका र रौतहटको ईशनाथ नगरपालिकाको जग्गा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तोकिएअनुसार दिने निर्णय भएको छ । त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकको १ रोपनी ४ आना र १ रोपनी १० आना जग्गा अस्पताल निर्माणका लागि प्रदान गर्ने भएको छ ।

त्यस्तै, बैठकले जिल्ला समन्वय समितिको कार्यालय बैतडीको स्वामित्वमा रहेको पुर्चौडी नगरपालिका–१ को २४ हजार ५८० वर्ग मिटर (४८ रोपनी ५ आना) जग्गा पुर्चौडी नगरपालिका बैतडीको नाममा स्वामित्व हस्तान्तरणका लागि स्वीकृति दिएको छ ।

सिद्धीचरण नगरपालिका ओखलढुंगाको स्वामित्वमा रहेको सिद्धिचरण–११ को ६ रोपनी जग्गा घरजग्गा रजिष्टेशनका लागि तोकिएको न्यूनतम दरबाट हुन आउने रकम लिई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिइएको छ ।

यसैगरी, कृष्णनगर भन्सार कार्यालयको यार्ड विस्तारका लागि आवश्यक पर्ने कृष्णनगर भन्सार कार्यालयको यार्ड र कर्मचारी आवास क्षेत्रबीच साँध सीमा जोडिएका कृष्णनगर नगरपालिकको जग्गा प्राप्त गर्न पनि बैठकले स्वीकृति दिएको बताइएको छ ।

अरनिको राजमार्गअन्तर्गत कोटेश्वर जडीबुटीखण्डको सडक विस्तारका लागि सो सडकखण्डभित्र पर्ने ५(ख)को कित्ता नं १६९ को क्षेत्रफल ६ आना १ पैसा र उक्त जग्गामा बनेको घर अधिग्रहण गर्न स्वीकृति दिइएको छ ।

२०७६ माघ ०३ गते प्रकाशित

वि.सं.२०७६ माघ ३ शुक्रवार ०९:०१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...