back
NMB ad

यस्ता छन् कोटेश्वर जाम कम गर्न सरकारले ल्याएका ६ योजना

Kumari bank ad

काठमाडौं। सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ ।

सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको कार्ययोजनाको पहिलो नम्बरमा कोटेश्वर चोकबाट बायाँतिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने योजना समेटिएको छ ।

सडक विभागका लागि जिम्मेवारी तोकिएको उक्त काम वैशाखभित्र गरीसक्नुपर्नेछ । उक्त कामका लागि काठमाडौं महानगरपालिका, अर्थ मन्त्रालय र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलले सहयोगी भूमिकामा काम गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

सरकारले त्यहाँको जाम कम गर्न कोटेश्वर चोकबाट जडीबुटी चोकतिर जाँदा बायाँतर्फबाट सोझै ३२ वडा कार्यालय निस्कने गरी खुलेको सडकको स्तरोन्नति गर्ने रणनीति तय गरेको छ । उक्त काम असारभित्र सडक विभागले गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

सवारी जाम हटाउने तेस्रो विकल्पमा जडीबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई घर हटाउने योजना छ । सडक विभागले चैत्रभित्र उक्त काम गरिसक्नुपर्ने जिम्मा दिइएको छ ।

चौथो योजनाअनुसार जडीबुटी चोकबाट निर्माणधीन मनोहरा पुलसम्म जानका लागि दुवैतर्फ सर्भिस लेन विस्तार गर्नुपर्नेछ । उक्त कामको जिम्मेवारी पनि सडक विभागको नै तोकिएको छ ।

विभागले असारभित्र उक्त काम गरिसक्नुपर्नेछ । पाँचौं विकल्पमा सरकारले जडीबुटी चोकबाट कोटेश्वरसम्म बायाँतिर सर्भिस लेन विस्तार गर्ने योजना बनाएको छ भने छैंटो विकल्पमा अकासे पुल निर्माण रहेको छ ।

सरकारले सडक विभागलाई असारभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी कोटेश्वर चोकको उपयुक्त स्थानमा आकाशे पुल निर्माण गर्ने कार्य योजना अघि सारेको छ ।

सरकारले हालै तय गरेको कार्ययोजनामा काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्य योजना अघि सारेर काम समेत थाालेको छ ।

कार्ययोजनाअनुसार उपत्यकाका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिने छ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ ।

कोटेश्वर–जडीबुटीचोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ ।

२०७६ माघ ०३ गते प्रकाशित

वि.सं.२०७६ माघ ३ शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...