back
NMB ad

२४ वाणिज्य बैंकको लाभांश वितरण, कुनको कति ?

Kumari bank ad

काठमाडौं । साबिकका २८ वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षको साधारणसभा २४ ओटाले मात्र गरेका छन ।  यी बैंकले साधारणसभाबाट पारित बोनस शेयर तथा नगद लाभांश वितरण गर्न पनि शुरू गरेका छन।

हालसम्म लाभांश वितरण गर्ने वाणिज्य बैंकमध्ये एनएमबि बैंकले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । त्यस्तै हालसम्म सेन्चुरी कमर्शियल बैंकले भने शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

एनएमबि बैंकले चूक्तापूँजीबाट १४ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस शेयर गरी जम्मा ३५ प्रशिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरी शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको छ ।

त्यस्तै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश वितरण गर्नेमा दोस्रो नबिल बैंक रहेको छ । यो बैंकले पनि शेयरधनीलाई चूक्तापूँजीको ३४ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकको पुस २२ गते सम्पन्न ३५औं साधारणसभाले १२ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालिसकेको छ । यो तथ्यांक माघ ३ गतेसम्मको हो । यो वर्ष साधारणसभा गर्न ४ ओटा वाणिज्य बैंक बाँकी छन् । ४ यी बैंकमध्ये एनसीसी बैंकले माघ १७ गते साधारणसभा बोलाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले पनि माघ २४ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै, यो वर्ष हिमालयन बैंकले लाभांश वितरण गर्ने प्रस्ताव मात्र गरेको छ । हिमालयन बैंक सञ्चालक समितिको गत कात्तिक २८ गते बसेको ३७७औं बैठकले १२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

गत वर्ष ४ दशमलव ५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण गरेको सेन्चुरी कमर्शियलले हालसम्म पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । बैंकले गत वर्षको वार्षिक साधारणसभा २०७६ वैशाख १२ गते गरेको थियो ।

कम्पनी ऐन २०६३ अनुसार पब्लिक कम्पनीले कारोबार शुरू गर्ने इजाजत पाएको १ वर्ष्भित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ र त्यसपश्चात् प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ ।

कुनै पब्लिक कम्पनीले तोकिएको म्याद सकिएको ३ महीनाभित्र पनि साधारणसभा नबोलाएमा कम्पनी रजिस्ट्रारको कार्यालयले साधारणसभा बोलाउन निर्देशन दिनसक्ने व्यवस्था छ ।

यो वर्ष एनएमबि बैंक, नबिल बैंक र कृषि विकास बैंकले ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेका छन् ।  २० प्रतिशतभन्दा बढी लाभांश नेपाल बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले वितरण गरेका छन् ।

यी बैंकमध्ये हिमालयन बैंकले हालसम्म प्रस्ताव मात्र गरेको छ भने अन्य ६ ओटा बैंकले लाभांश वितरण शुरू गरिसकेका छन् ।

जनता बैंक र ग्लोबल आइएमई बैंक मर्ज भई एकीकृत कारोबार शुरू गरेपश्चात् हाल वाणिज्य बैंकको संख्या २७ छ । मर्जरपश्चात् जनता र ग्लोबलले गत मंसिर २० गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार शुरू गरेका हुन् ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार ०९:२१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...