back
NMB ad

को बन्ला पर्यटन बोर्डको नयाँ सीईओ ?

Kumari bank ad

काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीईओको छुट्टै आकर्षण छ ।

आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सीईओ मानिन्छ । बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो । सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।

सिइओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार मध्ये कसले बाजी मार्ने हो त्यो चाहीं आज (आइतवार) टुंगो लाग्नेछ । बोर्डको सीईओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतिकरण र अन्तरवार्ता भइसकेको छ ।

शुक्रबारदेखि आजसम्म सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ । प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले बताए ।

बोर्डको सीईओको कार्यकाल चार वर्षको हुनेछ । बोर्डको सीईओको आकर्षणसँगै चुनौती पनि उत्तिकै छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुनेछ भने पर्यटन क्षेत्रका चार दर्जनबढी संस्थालाई रिझाउनु र निजी क्षेत्रको साझेदारितालाई व्यावसायिक र प्रभावकारी बनाउनु पनि गहन जिम्मेवारी हुनेछ ।

सीईओले राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका गतिविधिसँगै देशभित्र नयाँ गन्तव्य पहिचान तथा प्रवर्द्धन र अन्तरराष्ट्रिय पर्यटन बजारको खोजी गर्नुपर्नेछ । रासस

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार १०:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...