back
NMB ad

८ अर्ब ७८ करोड बराबरको आइपिओ जारी गर्दै १४ बिमा कम्पनी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । जीवन, निर्जीवन र पुनर्बिमा गरी १४ बिमा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि बोर्डमा निवेदन दिएका छन।

ती कम्पनीहरूले ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको ८ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेका हुन।

कम्पनीहरूले वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।सबैभन्दा बढी आईपीओ नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको छ । पुनर्बिमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

१० वटा जीवन बिमा कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । त्यस्तै, निर्जीवनतर्फतीनवटा कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता निष्कासन गर्न लागेको हो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड, रिलायन्स लाइफ इन्स्योरेन्स ६३ करोड, रिलायबल इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड, सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड, प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।

युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड गरी ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जीवन बिमा कम्पनीको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ छ ।

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन।

निर्जीवन बिमा कम्पनीको न्यूनतम पुँजी १ अर्ब रुपैयाँ छ । जीवन बिमा कम्पनीको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ छ । यी सबै कम्पनी २ वर्षअघि सञ्चालनमा आएका हुन।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार ११:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...