back
NMB ad

७५६ मेगावाटको तमोर आयोजनामा १ खर्ब चिनियाँ लगानी

Kumari bank ad

काठमाडौं । साढे ७ सय मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले १ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

चिनियाँ सरकारी कम्पनी पावर चाइनाले नेपाली कम्पनीसँगको संयुक्त उपक्रममा (जेभी) मा १ खर्ब रुपैयाँ लगानी गर्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

आयोजनाको कुल लागत १ खर्ब ३७ अर्ब रुपैयाँ अनुमान गरिएको छ । त्यसमा २६ प्रतिशत लगानी गर्ने नेपाली कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले भने करिब ३७ अर्ब रुपैयाँ व्यहोर्नेछ । जेभीमा चिनियाँ कम्पनीको ७४ प्रतिशत हिस्सा रहनेछ ।

आयोजना अघि बढाउन सर्वेक्षण, अध्ययन तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यका लागि उक्त जेभीसँग आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, एचआइडिसिएका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका प्रतिनिधिले हस्ताक्षर गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए ।

‘समझदारी भएकै मितिबाट १८ महिनाभित्र अध्ययन सकेर डिपिआर तयार गर्ने सर्तमा समझदारी भएको छ,’ उनले भने, ‘कुनै कारणले काम हुन नसके ६ महिना थप गर्न सकिनेछ ।’ अब उक्त जेभी कम्पनीले वडासमक्ष आवेदन गरेपछि अनुमतिपत्र प्रदान गरिने उनले बताए ।

साढे तीन दशकअघि जाइकाले पहिचार गरे पनि ओझेलमा परेको यो आयोजनालाई लगानी बोर्डले ०७५ चैतमा भएको सम्मेलनमा लगानी आह्वान गरेको थियो ।

त्यसमा लगानी प्रस्ताव गर्नेमध्ये एचआइडिसिएल र पावर चाइनाको संयुक्त उपक्रमलगायत जापानी कम्पनी फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकी जे पावरसँगको संयुक्त उपक्रमको नेपाली कम्पनी म्याट्रिक्स इन्टरनेसनल ‘सर्ट लिस्ट’मा परेका थिए । तर, संक्षिप्त सूचीमा परेका कम्पनीहरूसँग बोर्डले प्रस्ताव माग्दै सूचना जारी (रिक्वेस्ट फर प्रपोजल) गरेको थियो । यसमा एचआइडिसिएल–पावर चाइना जेभी छानिएको हो ।

डिपिआरपछि पिडिए वार्ता

डिपिआर तयार भएपछि उक्त डिपिआरकै आधारमा दुवै पक्षबीच परियोजना विकास सम्झौता (पिडिए) वार्ता सुरु गरिनेछ । अर्थात्, २ वर्ष्भित्र आयोजना विकासका लागि सम्झौता गर्न पिडिए वार्ता सुरु हुनेछ । करिब १ खर्ब ३७ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको परियोजनामा पावर चाइनाले ७४ प्रतिशत र एचआइडिसिएलले २६ प्रतिशत लगानी गर्ने समझदारी दुई कम्पनीबीच भइसकेको छ ।

प्राधिकरणले गरेको अध्ययन खर्च लगानीकर्ताले व्यहोर्नुपर्ने

यसअघि विद्युत् प्राधिकरण आयोजनाको सम्भाव्यता अध्ययन गर्दा लागेको खर्च उपलब्ध गराउन माग गरेको छ । प्राधिकरणले ४ चैत ०६८ मा आयोजना अध्ययन गर्न लाइसेन्स माग गरेको थियो ।

ऊर्जा मन्त्रालयले ३० साउन ०७० मा २ सय मेगावाट क्षमताको आयोजनाको अध्ययन अनुमति दिएको थियो । तर, प्राधिकरणले अध्ययन प्रतिवेदनले ७ सय ६२ मेगावाटको आयोजना बनाउँदा उच्च प्रतिफल प्राप्त हुने देखाएको थियो ।

आयोजना आकर्षक रहेको भन्दै निर्माणमा लैजान प्राधिकरणले ०७३ सालमै सहायक कम्पनीमा तमोर पावर कम्पनी लिमिटेड दर्ता गरेको थियो । तर, मन्त्रालयले यो परियोजना प्राधिकरणलाई दिएन । २ वर्षका लागि दिइएको लाइसेन्सको म्याद थप पनि भएन ।

आयोजनाको अध्ययनमा प्राधिकरणले गरेको खर्च (लगानी) फिर्ता गर्न बोर्डसँग माग गरेको छ । तर, उक्त परियोजना विकासकर्ताले नै व्यहोर्नुपर्ने बोर्डले जनाएको छ ।

तमोरको बाँध प्रयोग गरी तमोर–चिसाङ डाइभर्सनको योजना

प्राधिकरणले गरेको अध्ययनअनुसार आयोजनाको बाँधबाट तमोर–चिसाङ डाइभर्सन योजनासमेत अघि बढाएको छ । यसबाट थप ६० मेगावाट विद्युत् प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, झापा, मोरङ र सुनसरीका झन्डै ३० हजार हेक्टरमा सिँचाइ हुनेछ । तर, नयाँ लगानीकर्तासँग यसबारे समेत छलफल गर्न बाँकी रहेको छ ।

पहिचान भएको ३४ वर्षपछि बल्ल अध्ययन

पाँचथर र तेह्रथुमको सीमा सप्तकोसीको सहायक नदी तमोरमा यो आयोजना पर्छ । बाँधस्थल तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बा गाविसमा पर्छ ।

धरान–धनकुटा सडकको मूलघाटदेखि ३० किलोमिटरको दूरीमा छ । यो पहुँचमार्ग खुलिसकेको छ । जाइकाले ०४१र४२ मै ‘कोसी नदी जलस्रोत विकासको गुरुयोजना अध्ययन’मार्फत यो आयोजनाको अध्ययन गरी आकर्षक ठहर गरेको थियो ।

२०७६ माघ ०६ गते प्रकाशित

वि.सं.२०७६ माघ ६ सोमवार ०८:३९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...