back
NMB ad

कृषि बैंकले दियो साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा, यस्तो छ बैंकको वित्तीय अवस्था

Kumari bank ad

काठमाडौँ । कृषि विकास बैङ्कले कृषि क्षेत्रमा साढे ५ अर्ब भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यविधि अनुसार बैङ्कले २५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैंया ऋण प्रवाह गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए ।

५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैङ्कले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्दति केन्द्र, हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् लगायतसँग सहकार्यमा त्यस्तो कर्जा प्रवाह गरेको जनाएको हो । २०२४ सालमा कृषि विकास बैङ्कले यही माघ ७ गते वार्षिकोत्सव मनाउँदैछ ।

बैङ्कले कुल कर्जा प्रवाहमध्ये १ करोड भन्दा बढी रकमको कर्जाको हिस्सा १ प्रतिशत रहेको तर १० लाखभन्दा कम कर्जाको हिस्सा ८० प्रतिशत रहेको जनाउँदै बैङ्कले आफू ग्रामीण भेगका जनतामा समर्र्िपत रहेको समेत बताएको छ ।

यो अवस्थासम्म आइपुग्दासम्म बैङ्कले आफूलाई सम्पूर्ण बैंकिङ सुविधासहितको तपाइँ हाम्रो घरआगनको बैङ्कको रुपमा स्थापित हुन सफल भएको समेत जनाएको छ ।

बैङ्कले १०.३५ प्रतिशत ब्याजदरमा साढे २ अर्बको ऋणपत्र जारी गरेको भन्दै यो उच्च दरले बैङ्कले लिनमात्रै होइन, दिन पनि जान्दछ भन्ने प्रमाणित हुने दाबी समेत बैङ्कले गरेको छ ।

कृषि विकास बैङ्कका १२ लाख निक्षेप ग्राहक, १ लाख ४५ हजार ऋणी रहेको जनाएको छ । त्यस्तै २ लाख ६२ हजार मोबाइल बैंकिङ र ८१ हजार भिजा डेबिट कार्ड जारी गरेको समेत जनाएको छ ।

बैङ्कको वित्तीय अवस्था

कृषि विकास बैङ्कको पुस मसान्तसम्म १२७ अर्ब १३ करोड रुपैंया निक्षेप सङ्कलन गरी ११७ अर्ब ७७ करोड कर्जा प्रवाह गर्दा १ अर्ब ७४ करोड खुद नाफा कमाएको जनाएको छ ।

बैङ्कको निष्क्रिय कर्जा ४ अर्ब २३ छ । यो कुल कर्जाको ३.५९ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा यो अनुपात ०.८२ प्रतिशत कम हो ।

कार्यक्रममा सीईओ उपाध्यायले कृषि विकास बैङ्कले कृषिलाई नछोड्ने, अरुलाई जोड्ने लक्ष्य लिएको बताउँदै यसले निक्षेपकर्ता, ऋणी र शेयरधनी र कर्मचारीलाई सन्तुलित प्रतिफल दिने बताए । ‘हामीले यो वर्ष ३० प्रतिशत लाभांश दियौँ, अर्को वर्ष अझै बढाउँछौँ,’ उनले भने ।

२०७६ माघ ०६ गते प्रकाशित

वि.सं.२०७६ माघ ६ सोमवार १०:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...