माछापुच्छ्रे क्यापिटलले पायो सञ्चालन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सञ्चालन अनुमति दिएको छ ।

क्यापिटलले सोमबार ३२ औ मर्चेन्ट बैंकको रुपमा अनुमति प्राप्त गरेको हो । माछापुच्छ्रेले अण्डरराइटीङ, शेयर परामर्श सेवा र पोर्टफोलियो म्यानेजमेन्टको काम गर्ने गरि अनुमति पाएको हो। क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।

नेपाल धितोपत्र बोर्डले यसअगाडि नै नयाँ लाइसेन्सका लागि निवेदन बन्द गरिसकेको छ । बोर्डमा परेको निवेदनमध्ये यो अन्तिम थियो ।

यससँगै बोर्डले नयाँ लाइसेन्स खुला नगरेसम्मका लागि नेपालमा मर्चेन्ट बैंकिङ सुविधा दिने संस्था ३२ पुगेको छ ।

मर्चेन्ट बैकहरुले प्राथमिक तथा दोस्रो बजारका लागि काम गर्दै आएका छन् । म्युचुअल फण्ड सञ्चालन गर्नेदेखि लिएर प्राथमिक शेयर निष्काशन सम्ममका काम मर्चेन्ट बैंकहरुले प्रदान गर्दै आएका छन् ।

२०७६ माघ ०७ गते प्रकाशित

२०७६ माघ ७ गते १६:५२ मा प्रकाशित

You can share this post!

यी दुई कम्पनीले पाए ऋणपत्र जारी गर्न धितोपत्र बार्डको अनुमति

धादिङ दुर्घटना : घाइते १५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

Related posts