गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

पोखरा । राष्ट्रियसभा सदस्यकोलागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार नरायणकाजी श्रेष्ठ विजयी भएका छन ।

श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन । राष्ट्रियसभा सदस्यको महिला समूहकोलागि भएको निर्वाचनमा नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् । उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी विमला गौतमलाई पराजित गर्दै विजयी भएकी हुन ।

विजय भएपछि पत्रकार संग कुरा गर्दै नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले पार्टीले राष्ट्रियसभामा गएर काम गर्न जिम्मेवारी दिएकोले त्यसै अनुसार काम गर्ने बताए।

‘म कुनै पदका लागि भन्दा पनि समृद्ध नेपाल बनाउने अभियानमा पार्टीले दिने भूमीका निर्वाह गर्छु’, उनले भने, ‘मेरा निम्ति पार्टीको निर्णय नै महत्वपूर्ण जिम्मेवारी हो ।’

२०७६ माघ ०९ गते प्रकाशित

२०७६ माघ ९ गते १८:५१ मा प्रकाशित

You can share this post!

सशस्त्र प्रहरी बललाई राज्यले धान्न सक्ने सहयोग गर्छ: प्रधानमन्त्री ओली

लोकसेवाद्वारा विभिन्न कार्यालयको लिखित नतिजा सार्वजनिक, को–को उत्तीर्ण ? (नामावलीसहित)

Related posts