भोलि काठमाडौं उपत्यकामा पनि सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं । भोलि माघ १० गते उपत्यकामा पनि सार्वजनिक विदा दिने भएको छ । सोनामा ल्होसारका अवसरमा बागती प्रदेशले विदा दिने भएको हो ।

उपत्यका पनि बाग्मती प्रदेशकै हिस्सा भएकोले उपत्यकामा पनि बिदा हुने बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो ।

माघ १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायहरु बिदा हुने बताउनुभएको छ । मन्त्री जम्कट्टेलले उपत्यका पनि बाग्मती प्रदेशकै हिस्सा भएकोले उपत्यकामा बिदा नहुने भन्ने भनाई गलत भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्हासार) का अवसरमा भोलि शुक्रबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको र यो अनिवार्य लागू हुने बताउनुभयो ।

यसअघि मन्त्रालयले एक सूचना जारी गरी प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माघ १० गते सार्वजनिक विदा दिने निर्णय भएकाले उक्त दिन प्रदेशभर सार्वजनिक बिदा हुने जनाएको थियो ।

२०७६ माघ ०९ गते प्रकाशित

२०७६ माघ ९ गते २०:१९ मा प्रकाशित

You can share this post!

नेपाली संगीत बजारमा अब "उडे चरा" (भिडियोसहित)

राष्ट्रियसभामा नयाँ अनुहार : नेकपाका १६ र राजपाका २ जना विजयी, कुन दलबाट को बाहिरिए ?

Related posts