back
NMB ad

आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन यस्तो व्यवस्था

Kumari bank ad

काठमाडौ । सरकारले आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन सहज हुने गरी ‘स्वचालित मार्ग’ को व्यवस्था गर्न लागेको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत विभिन्न प्रकृतिका दुई दर्जन उद्योगमा स्वचालित मार्गको व्यवस्था गर्न लागिएको हो ।

नेपालमा विदेशी लगानी आकर्षणका लागि गर्नुपर्ने सुधारलाई निरन्तरता दिने क्रममा यस्तो व्यवस्था गर्न लागिएको हो । लगानीमैत्री वातावरण निर्माणलाई थप बलियो बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त नियमावलीको मस्यौदा बनाएको छ ।

मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेकोे छ । कानुनको रायसुझावपश्चात् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।

मस्यौदामा उद्योगका लागि निश्चित आकर्षक उद्योगमा विदेशी लगानीको उद्योग दर्तामा दुई तहको स्वीकृति लिनुपर्ने व्यवस्थालाई हटाएर एक चरणमा मात्र सीमित गर्न खोजिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार ०६:४४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...