back
NMB ad

भ्रष्टाचार अनुसन्धानमा हदम्यादको प्रस्ताव

Kumari bank ad

काठमाडौं । सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पनि हद म्यादको व्यवस्था प्रस्ताव गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक राष्ट्रिय सभा विधेयक शाखामा दर्ता गरेको छ ।

विधेयकमा हदम्याद पाँच वर्ष प्रस्ताव गरिएको छ तर सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिनाका कसुरमा भने हदम्याद नलाग्ने प्रस्ताव विधेयकमा छ । विधेयकले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अवकाश पछिको पाँच वर्षसम्म मुद्दा चलाउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

प्रस्तावित विधेयकले कुनै विकास परियोजनामा अनियमित कार्य भएको आशङ्का लागेमा काम रोकी अनुसन्धान अगाडि बढाउन सक्ने अधिकार अख्तियारलाई दिने प्रस्ताव पनि गरेको छ ।

‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्ष्भित्र मुद्दा चलाउनुपर्नेछ’, मूल ऐनको दफा २९ संशोधन प्रस्तावमा भनिएको छ, ‘सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा सार्वजनिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन त्यस्तो हदम्याद कायम रहनेछैन । ’

प्रस्तावित विधेयक अनुसार हाल अनुसन्धानका सिलसिलामा रहेका उजुरी पनि ऐन प्रारम्भ भएको पाँच वर्ष्भित्र मुद्दा चलाइसक्नुपर्नेछ । अन्यथा हदम्यादको प्रश्न बन्न सक्नेछ ।

विधेयकले अख्तियारलाई कसुर अनुसन्धानका लागि प्रयोगशाला तथा डिजिटल फरेन्सिक ल्याब सञ्चालन गर्न सक्ने अधिकार पनि दिएको छ । यस्तो ल्याबको प्रतिवेदनलाई मुद्दामा प्रमाणका रूपमा लिन मिल्ने व्यवस्था पनि प्रस्तावित छ । अनुसन्धानबाट प्रमाण सङ्कलनका लागि अन्डर कभर अपरेसनको अधिकार पनि दिने प्रस्ताव विधेयकमा छ ।

सार्वजनिक खरिद प्रक्रिया सुरु गर्नुपूर्व सम्बन्धित निकायले अनुमति लिने, जग्गा प्राप्ति गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने लगायतका आधारभूत कार्य नगरी ठेक्का सम्झौता अघि बढाएमा पनि अख्तियारले जरिवाना र विभागीय कारबाहीका लागि सिफारिस गर्न सक्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार ०६:५४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...