छोराछोरीको विवाह तयारीमा जुटेका सम्धीले सम्धीनी भगाएपछि …

एजेन्सी । समाजमा यस्ता घटना विरलै घट्छन् जो पत्याउनै मुस्किल पर्छ । भारतको शहर सूरतमा अचम्मको घटना घटित भएको छ । छोराछोरीको विवाह हुन अघि नै सम्धीले सम्धीनीलाई लिएर भागेका छन् । आमाबुवाको यस्तो कदमपछि छोरा–छोरीको विवाह टुटेको छ ।

यो घटना सोसल मिडिया र भारतीय राजनीतिमा चर्चाको विषय बनेको छ । दुबै परिवारको तर्फबाट पुलिस थानामा हराएको रिपोर्ट दर्ता भएको छ । एक निर्माण व्यवसायी राजनीतिक पार्टीकी कार्यकर्तासँग जनवरी १० तारिखमा भागेको भारतीय संचार माध्यम भास्करले बताएको छ । अहिलेसम्म उनीहरुबारे केही जानकारी पत्ता लागेको छैन । यसले दुई परिवारको चिन्ता बढाएको उल्लेख गरिएको छ ।

निर्माण व्यवसायीको ती महिलासँग विवाह अघि नै प्रेम सम्बन्ध रहेको र विशेष कारणवश उनीहरुले भिन्न व्यक्तिसँग विवाह गरेको बताइन्छ । विवाहपछि पनि उनीहरुबीचको प्रेम सम्बन्ध कायम रहेको र यसलाई थप प्रगाढ बनाउनका लागि यी दुईले आफ्नो छोरा छोरीको पनि विवाह गर्ने निर्णय लिएको स्रोतले उल्लेख गरेको छ । छोराछोरीको भ्यालेन्टाइन्स डेमा विवाह हुने निश्चित भएको थियो ।

२०७६ माघ ८ गते प्रकाशित

२०७६ माघ १० गते ०९:४० मा प्रकाशित

You can share this post!

यस्तो छ लोकसेवा आयोगको केन्द्रिय कार्यालयले निकालेको जरुरी सूचना

सिद्धार्थ बैंकले सार्वजनिक गर्यो वित्तीय विवरण : खुदनाफा १ अर्ब

Related posts