माघ १२ गते सार्वजनिक विदा

काठमाडौं । माघ १२ गते सार्वजनिक विदा दिएको छ । आउँदो आइतवार अर्थात माघ १२ गते एक सूचना निकाल्दै काभ्रेको रोशी गाउँपालिकाले विदा दिएको हो ।

गाउपालिकाले यस अघि नै सोनाम ल्होछारका अवसरमा तीन दिन (माघ १०, ११ र १२ गते) सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् ।

‘सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ’ उनले भने ।

उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

२०७६ माघ १० गते प्रकाशित

२०७६ माघ १० गते ०५:१० मा प्रकाशित

You can share this post!

एक आपसमा गाँभिदै छन यी चार सहकारी, एकीकरणलाई भोलि नै अनुमोदन गर्ने

आइतवार पनि सार्वजनिक विदा !

Related posts