नेपाली भन्सारहरू अब ’क्यास लेस’

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरू ‘क्यास लेस’ भएको बताएका छन । भन्सार दिवसका अवसरमा भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरूमा नगद कारोबार बन्द भएको बताएका छन् ।

पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने गरेको उनले बताए। ‘भन्सार क्यास लेस भएको छ ।

पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो। अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ। भन्सार प्रशासनले क्यास कारोबार गर्दैन ।

अझ बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्टमा काम गरिरहेक छौँ। यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ’, उनले भने ।

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तरसमुन्वयमा देखिएको समस्या हल गर्ने बताए ।

सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामूनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उनले बताए।

२०७६ माघ १० गते प्रकाशित

२०७६ माघ १० गते १६:०३ मा प्रकाशित

You can share this post!

आइतवार यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

धमाधम वैकल्पिक उम्मेदवार सिफारिस गर्दै लोकसेवा आयोग (सूचनासहित)

Related posts