back
NMB ad

माघ ११ गतेदेखि १३ गतेसम्म सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । माघ ११ गतेदेखि १३ गतेसम्म तीन दिन सार्वजनिक विदा दिएको छ । सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको हो ।

तामाङ जातिको बाहुल्य भएकोले ल्होछारमा पालिका क्षेत्र भित्रका सबै सार्वजनिक कार्यालयहरुमा माघ ११ गतेदेखि १३ गतेसम्म तीन दिन विदा दिइएको गाउँपालिकको कार्यालयले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापाद्वारा जारी सूचनामा तामाङ जातिको नव वर्ष २८५६ औं सोनाम ल्होछारको शुभकामना समेत दिईएको छ ।

शुक्रबार नै नेपाल तामाङ घेदुङ ठोरी गाउँपालिका र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले सोनाम ल्होछारमा तीन दिन सार्वजनिक विदा दिन माग गरेका थिए ।

मोटरसाइकल र्यालीसहितको टोलले ठोरी गाउँपालिका कार्यालयमा गई ल्होछार पर्वमा ३ दिन छुट्टि दिन माग सहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ङेमा लामा पाख्रिन (निमा) नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत थापालाई ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता भएकोले सोनाम ल्होछार (जिवा ल्हो) मा पालिकामा तीन विदा दिन माग गरिएको पाख्रिनले बताए । मन्जुश्री सम्वत २८५६ औं सोनाम ल्होछारको अवसरमा उनीहरुले शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेका थिए ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार १३:२४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...