काठमाडौं उपत्यकामा चारवटा स्मार्ट सिटीको डीपीआर तयार

काठमाडौं । काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए ।

तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गरे । तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्र्रता दिन निर्देशन भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

२०७६ माघ ११ गते प्रकाशित

२०७६ माघ ११ गते ०७:१० मा प्रकाशित

You can share this post!

बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गरौँ : प्रधानमन्त्री ओली

फेरि खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचनासहित)

Related posts