back
NMB ad

मुख्यमन्त्री पौडेलद्वारा ल्होसारको शुभकामना

Kumari bank ad

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

२८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले तामाङ भाषामा ‘ल्होछारला ज्याबाडान्बा मुवा’अर्थात् नयाँ वर्ष (ल्होसार) को शुभकामना छ भन्नुभएको छ ।

शुभकामना सन्देशमा पौडेलले यस पर्वले नेपाली नेपालीबीच भाइचाराको विकास गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । “तामाङ जातिको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होसारको अवसरमा वाग्मती प्रदेश एवं सम्पूर्ण देशवासी तामाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

बाह्र वर्षलाई एक वर्गका रुपमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष भनी हिसाब गरेर मनाइने ल्होसार यो वर्ष सुँगुर वर्गलाई बिदा गरी मुसा वर्गलाई स्वागत गरेर आज धुमधामसँग मनाइँदैछ ।

तामाङ भाषामा ‘ल्हा’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने अर्थ लाग्छ । त्यसैले ल्होछार भन्नाले नयाँ वर्ष वा नयाँ साल भनेर बुझिन्छ ।

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार ०७:३६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...