back
NMB ad

सरकारी कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय

Kumari bank ad

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ ।

परिषद्को आज बसेको बैठकले उत्तीर्ण परीक्षार्थी कुनै सरकारी, गैरसरकारी, सङ्घसंस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न व्यक्ति वा अन्य कुनै निकाय संलग्न व्यक्तिले नोकरी समाप्तिपछि मात्र पाउने निर्णय गरेको हो ।

परिषद्का सचिव रामहरि काफ्लेका अनुसार सरकारी वा पूर्णकालीन रुपमा काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय भएको छ । त्यस्ता व्यक्तिले लिन चाहेमा सरकारी नोकरी वा व्यवसाय छोडेपछि वा कानून व्यवसाय गर्ने स्वीकृति निज बहाल रहेको निकायबाट लिएको प्रमाण पेश गरेमा कानून व्यवसायी प्रमाणपत्रका लागि निवेदन दिन पाउनेछ ।

परिषद्ले अधिवक्ता तहको २७ औँ विशेष परीक्षाफल प्रकाशित गर्नअघि सो निर्णय गरेको हो । सचिव काफ्लेका अनुसार परिषद्ले सो नियम यही परीक्षादेखि नै लागू हुनेछ ।

यसअघि सरकारी वा अन्य पेशा गर्ने व्यक्तिले पनि कानून व्यवसायी प्रमाणपत्र लिँदै आएका थिए । यो पेशालाई मर्या्दित र सम्मानित बनाउने उद्देश्यले परिषद्ले उक्त निर्णय गरेको जनाएको छ । परिषद्बाट अहिलेसम्म करीब १८ हजार कानून व्यवसायीले कानून व्यवसायी प्रमाणपत्र लिएका छन् । रासस

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार ०६:१६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...