back
NMB ad

सबल र समृद्ध बैंकिङका लागि बैंक तथा वित्तीय संस्था मर्ज हुनै पर्छ : अर्थमन्त्री खतिवडा

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने संकेत गरेको छ ।

सरकारका एक वरिष्ठ मन्त्रीले नै शुक्रवार बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन तथा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिएका हुन् । वित्तीय स्थायित्व तथा सबलीकरणका लागिसमेत बलिया संस्था बन्नुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्री डा युवराज खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन पुनः सुझाव दिएका हुन् । बैंक तथा वित्तीय संस्थाको संख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी रहेको भन्दै उनले सबल र समृद्ध बैंकिङका लागि एकापसमा मिल्न आग्रह गरे ।

सरकारको आग्रहलाई स्वीकार गर्दै ग्लोबल आइएमई बैंक र जनता बैंक एकापसमा गाभिएर संयुक्त कारोवारसमेत शुरु गरिसकेका छन् । अन्य केही बैंक तथा वित्तीय संस्थासमेत गाभिने प्रक्रियामा छन् ।

सरकारले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन प्रेरित गरिरहेको भन्दै उनले सरकारको आग्रहलाई स्वीकार गरेको खण्डमा थप सहुलियतसमेत दिलाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘घराना मिल्ने र एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनुपर्छ, त्यसतर्फ नगई सुखै छैन ।’

२७ ओटै वाणिज्य बैंक चाहिन्छ भन्ने नरहेको उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंकले पनि संस्था एकापसमा गाभिन प्रोत्साहित गरिरहेको उल्लेख गरे ।

उनले गुणस्तरीय बैंकिङमा ध्यान दिन, सेवाको क्षेत्र विस्तार गर्नसमेत सरकारी लगानी भएकाले वाणिज्य बैंक अझै अब्बल हुनुपर्नेमा जोड दिए ।

अर्थमन्त्रीले दीर्घकालीन प्रकृतिका कर्जामा ब्याजदर करिडोर बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘कर्जाको आकार होइन, अब कर्जाको गुणस्तर वृद्धिमा लाग्नुपर्छ, आकार मात्रै वृद्धि गरेर हँुदैन कर्जाले उत्पादकत्व पनि बढाउनुपर्छ, त्यसमा भूमिका खेल्नुस् ।’

राष्ट्रिय वाणिज्य बैंकको आईपीओ आउन सक्छ

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुनसक्ने बताए । उनले साधारण शेयर विक्री हुन सक्नेतर्फ सङ्केत गरेपनि त्यससम्बन्धी प्रक्रियाका बारेमा हाल छलफल मात्रै भइरहेको उल्लेख गरे ।

अर्थमन्त्रीले भने, ‘पूँजीका हिसाबले साधारण शेयर विक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ ।’ उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानून र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने स्पष्ट पारे ।

उनले भने, ‘बैंकको शेयर स्वामित्व संरचना कस्तो हुन्छ भनेर हामी छलफलमा नै छौं, कानूनको सबैले पालना गर्नुपर्छ, त्यसो हुँदा सर्वसाधारणमा साधारण शेयर विक्री गर्नुपर्छ ।’ उनले सामाजिक सुरक्षा कोषमा दोहोरो कर नलाग्ने गरी नीतिगत व्यवस्था गरिन लागेको जानकारी दिए ।

अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थालाई आफ्नो निक्षेपकर्ताको चित्त दुखाउने गरी काम नगर्नसमेत आग्रह गरे । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सरकारी स्वामित्वको बैंक भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकको भूमिका थप सबल हुनुपर्ने बताए ।

उनले बैंकलाई अझ थप सबल, सक्षम बनाएर लैजानुपर्ने तथा नीतिगतरूपमा स्पष्टता तथा प्रविधिको प्रयोगमा पनि उल्लेख्य सुधार गरेर जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको नाफा बढेर रू.५ अर्ब ४ करोड ६५ पुगेको जानकारी दिए ।बैंकले रू.१ खर्ब ४६ अर्ब ऋण प्रवाह गरेको छ । यस्तै बैंकले निक्षेपतर्फ रू.१ खर्ब ९० अर्ब संकलन गरेको छ ।

यसैगरी बैंकको खुद ब्याज आम्दानी रू. ९९ करोड हुँदा शाखा संख्या २३८ ओटा रहेका छन् । यस्तै २०५ एटीएम रहेको बैंकले ३२ लाख ग्राहकलाई सेवा र्पुयाएको छ ।

त्यस्तै ९५४ ओटा सहुलियत कर्जा स्वीकृत गरी रू. ७८ करोड ७८ लाख ८० हजार ऋण प्रवाह गरेको छ । त्यसमा महिलालाई मात्रै रू.५८ करोड तथा दलित समुदायलाई पनि रोजगारी अभिवृद्धिका लागि ऋण दिइएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । रासस

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार १२:१३ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...