back
NMB ad

भन्सार पनि एकद्धार : तीन दर्जन निकाय समेटिने

Kumari bank ad

काठमाडौं । लगानी सहजकताका लागि हाल कार्यान्वयनमा रहेको एकद्धार प्रणाली भन्सार जाँचपासको प्रक्रिया पनि त्यस्तै प्रणाली प्रयोग गरिने भएको छ ।

सन २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैंक र नेपाल सरकारविच सम्झौता भए पनि विगत केही महिनायता मा यसको कार्यान्वयनका लागि तयारी अगाडि बढेको हो ।

नोपल राष्ट्रिय एकद्धार प्रणाली ना दिइएको यो प्रणालीअन्तर्गत निर्माण हुने बेव पोर्टलमार्फत व्यापारीले आफूसंग सम्वन्धित कागजात अनलाइनमै पेस गर्नसक्ने छन । त्यसरी पेस गरिएको कागजात र त्यसंग सम्वन्धित विवरण यसमा आवद्ध निकायहरुले समेत प्राप्त गर्न सक्ने छन ।

फरकफरक निकायहरुलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट यो नयाँ प्रणालीले व्यापारीलाई निकै सहयोग पुग्ने विभागका महानिर्देशक सुमन दाहालले बताउनुभयो । यसले व्यवसायिक लागत कम गराई आपूर्ति हुने बस्तुको मूल्य घटाउन सहयोग पुर्याउने छ, उहाँले भन्नुभयो । दुर्य वर्षभित्र कार्यान्वयनमा ल्याउने योजनाअनुसार नेपाल राष्ट्रिय एकद्धार प्रणाली आयोजना कार्यान्वयन इकाई गठन गरेको छ ।

अहिलेसम्म भन्सारसंग सम्वन्धित निकायको पहिचान र त्यस्ता संस्थासंग चरणवद्ध रुपमा छलफलको काम भइरहेको दाहाले बताउनुभयो । यो प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आएपछि भन्सारमा एक किसिमको चमत्कार नै हुने उहाँको भनाई छ । गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।

२०७६ माघ १२ गते प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार ०७:११ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...