फेरि बढ्न थाल्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । आइतवार तोलामा ३०० बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला रू.७५ हजार ५०० मा कारोबार भइरहेको छ।

तेजावी सुनको मूल्य भने प्रतितोला रू.७५ हजार २००मा कारोबार भइरहेको छ । गत शुक्रवार प्रतितोला रू. ७५ हजार २०० मा कारोबार भएको थियो । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य केही ओरालो लागेर पुन उकालो लाग्न शुरु गरेको छ ।

प्रतितोला रू.७६ हजार ५०० सम्म पुगेको सुनको मूल्य घटेर शुक्रवार रू.७५ हजार २०० आइपुगेको थियो । चाँदीको मूल्य आइतवार प्रतितोला रू.८९५मा कारोबार भइरहेको छ ।

२०७६ माघ १२ गते प्रकाशित

२०७६ माघ १२ गते ११:१४ मा प्रकाशित

You can share this post!

जनप्रतिनिधिकाे सुविधा ऐन संशोधनको तयारी : अब कसको कति ?

ग्लोबल आइएमई बैंकका संचालकको राजीनामा स्वीकृत तथा नियुक्त

Related posts