काठमाडौं । आइतवार कारोबार भएको २ घण्टामा नेप्से परिसूचक १४ दशमलव ४४ अंकले घटेर १ हजार २८३ दशमलव ०३ बिन्दुमा पुगेको छ । सो अवधिमा १६७ कम्पनीको रू.४१ करोड १६ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।
सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको प्रतिकित्ता रू.२९१ मा रू.३ करोड ५५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएको १२ समूहकै परिसूचक घटेको छ ।
२०७६ माघ १२ गते प्रकाशित
वि.सं.२०७६ माघ १२ आइतवार १२:५८ मा प्रकाशित