बजाजपछि टिभिएसले सार्वजनिक गर्यो इलेक्ट्रिक स्कुटर, कति पर्छ मूल्य ?

काठमाडौं । बजाजपछि टिभिएसले पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । टिभिएस मोटरले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको हो ।

सिङ्गल चार्जमा ७५ किलोमिटर गुड्नसक्ने उक्त स्कुटर फुल चार्ज हुन ५ घण्टा लाग्ने बताइएको छ । यो स्कुटर ४.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्ने कम्पनीले बताएको छ ।

कम्पनीकाअनुसार यसमा ४.४ किलोवार्टको मोटर दिइएको छ भने ७८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्छ ।
यसलाई २ ओटा राइडिङ मोड इकोनोमिक र पावरमा चलाउन सकिन्छ ।

कम्पनीले यसको मूल्य भारतमा १ लाख १५ हजार निर्धारण गरेको छ । कम्पनीले २०१८ देखि ‘आइक्युव’ मा काम गरिरहेको थियो । टिभिएस २०१८ को दिल्ली अटो शोमा यस स्कुटरको प्रटोटाइप सार्वजनिक गरेको थियो ।

२०७६ माघ १२ गते प्रकाशित

२०७६ माघ १२ गते १६:५१ मा प्रकाशित

You can share this post!

भर्खरै लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निश्चित !

Related posts