back
NMB ad

सरकारले कोटेश्वर–जडिबुटी सडक खण्डको जाम हटाउन सडक विस्तार गर्ने

Kumari bank ad

काठमाडौं । सरकारले काठमाडौंको कोटेश्वर–जडिबुटी सडक खण्डको जाम हटाउन सडक विस्तार गर्ने भएको छ ।

तत्कालका लागि सवारी साधनको जाम हटाउन जडिबुटी चोकमा दायाँ बायाँ दुवै भागमा सडक बिस्तार गर्ने सरकारको तयारी छ । दीर्घकालीन रुपमा सुरुङ मार्ग, फ्लाई ओभर वा दुवै निर्माण गर्ने योजनामा सरकार लागेको छ ।

त्रिभुवन विमानस्थलको केही जग्गा प्रयोग गरी सडक विस्तार गर्न लागिएको हो यसका लागि उडान र सडक सुरक्षामा अवरोध नहुनेगरी निर्माण गर्न लागिएको छ ।

सडक बिस्तारका लागि भौतिक पूर्वाधार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सडक विभाग सहति सरोकारवाला निकाय सहमत भएका छन् ।

मन्त्रालयको सहमति पछि प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन अवलोकन, नापजाँच गरी सडक विस्तारको स्वीकृतका लागि पर्यटन मन्त्रालयमा पत्र पठाएको छ ।

उपत्यकाको बढ्दो ट्राफिक चाप कोटेश्वर क्षेत्रमा बढी रहेकाले सरकारले ट्राफिक चापलाई सहजीकरण गर्न दीर्घकालीन र अल्पकालीन योजना अगाडी सारेको हो ।

विस्तार गर्न लागिएको सडकमा पर्ने ६ आना १ पैसामा बनेको घर अधिग्रहण गर्न सरकारले स्वीकृति दिइसकेको छ । सडक विस्तारसँग यो सडक खण्डबाट बाहिरीने सवारी साधनलाई यात्रामा सहजीकरण हुने छ ।

सरकारले आगामी आर्थिक वर्ष्भित्रै डेडिकेटेड सडक विस्तार गर्ने गरी काम सुरु गरेको सडक विभागमा उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले बताए ।

उनले भने, “उत्तरी भागमा साढे ३ मिटर फुटपाथ सहितको १ लेन सडक र दक्षिणमा २ लेन सहितको सडक विस्तार गर्ने योजनासहित काम अगाडि बढाएको छौं, हामीले दक्षिणमा २ लेनको नै माग गरेका छौँ ।”

सडक विस्तारसँगै तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले जाममा बस्नु पर्ने छैन भने सडक विस्तारसँगै सवारी आगमन सहज हुने छ ।

दीर्घकालीन योजनामा भने सरकारले तीनकुनेबाट विमानस्थलको धावनमार्गको तलबाट सुरुङ मार्ग निमार्ण गर्न वा तीनकुनेबाट कोटेश्वर सडक भन्दा अगाडिसम्मलाई ओभर बनाउनका लागि आवश्यक अध्ययन भइसकेको छ ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १०:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...