उकालो यात्रामा सुनको भाउ : आज फेरि बढयो मूल्य, प्रतितोला कति ?

काठमाडौं । पहेंलो धातु सुनको मूल्य सोमवार तोलामा रू. ५०० बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य प्रतितोला रू.७६ हजारमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य भने प्रतितोला रू.७५ हजार ७०० मा कारोबार भइरहेको छ । गत आइतवार प्रतितोला सुन रू. ७५ हजार ५०० मा कारोबार भएको थियो ।

निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य केही ओरालो लागेर पुनस् उकालो लाग्न शुरु गरेको छ । प्रतितोला रू.७६ हजार ५०० सम्म पुगेको सुनको मूल्य घटेर शुक्रवार भने रू.७५ हजार २०० आइपुगेको थियो ।

चाँदीको मूल्य सोमवार प्रतितोला रू.९०० मा कारोबार भइरहेको छ ।

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते ११:१५ मा प्रकाशित

You can share this post!

लोकसेवाले सार्वजनिक गर्यो लिखित नतिजा, को–को उत्तीर्ण ? (नामावलीसहित)

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

Related posts