नेप्से २४ अंकले बढेर १३ सयको बिन्दुमा, ९१ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार उकालो लागेको छ । सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक करिब २४ अंकले बढेको हो ।

तीन दिन लगातार घटेर यस दिन नेप्से परिसूचक २३ दशमलब ९५ अंकले बढेको हो । नेप्से बढेर सोमबार १३ सय दशमलब ६२ अंकमा कायम भयो ।

सेयर बजारमा नेप्से बढेको दिन ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसक्रममा १ सय ८० कम्पनीका २४ लाख ९ हजार कित्ता सेयर कारोबारमा आए ।

यसदिन कारोबार खुलेको केही समय स्थिर देखिएको बजारमा साढे ११ बजेदेखि सुधार देखिन थालेको थियो । त्यसपछि करिब ४० मिनेट उकालो लागेर नेप्से घटेको भए पनि फेरि सम्हालिएर सुधारको बाटोमा लागेको हो ।

नेप्से बढ्दा यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक उकालो लागे । बढ्नेमा होटल समूह सर्वाधिक ४ दशमलब २६ अंकले बढ्दा समिट लघुवित्तका लगानीकर्ताले सर्वा्धिक ७ दशमलब ७९ प्रतिशत सेयर मूल्य कमाए ।

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते १६:११ मा प्रकाशित

You can share this post!

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले सार्वजनिक गर्यो एकमुष्ठ सूचि (नामावलीसहित)

नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगराैँ : अर्थमन्त्री खतिवडा

Related posts