back
NMB ad

नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगराैँ : अर्थमन्त्री खतिवडा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोषले नाफा कमाउने उद्देश्य राखे पनि बैंकहरु जस्तो नाफा मुखि संस्था नभएकाले यसको पूँजी कम भए पनि फरक नपर्ने बताउनुभयो ।

उहाँले ट्रष्टी संस्थाको रुपमा बचतकर्ताको योगदानलाई फाइदा दिने गरी कोषले काम गर्ने बताउनुभयो । उहाँले सर्वसाधारणकोसमेत सहभागिता होस् भन्ने उद्देश्यले २० प्रतिशत स्वामित्व सर्वसाधारणको राख्ने व्यवस्था गरिएको बताउनुभयो ।

कोषले पूँजी बजारमा लगानी गर्ने र मार्केट मेकरको रुपमा काम गर्ने भएकाले यसको प्रकृति बैंकहरुको जस्तो नभएको मन्त्री खतिवडाले बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष सबैले सामाजिक सुरक्षाको काम गर्ने भएकाले पनि भविष्यमा यी संस्थालाई एकिकृत गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १६:२१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...