घोराही सिमेन्टको उत्पादन अनुमति रद्द, ओपिसी सिमेन्ट उत्पादन गर्न नपाउने

काठमाडौँ । सरकारले घोरासी सिमेन्टलाई ओपिसी सिमेन्ट उत्पादनको लागि दिएको इजाजत रद्द गरेको छ । गुणस्तर तथा नापतौल विभागले यो कम्पनीलाई दिएको इजाजत २ महिनाका लागि रद्द गरिदिएको हो ।

कम्पनीले पिपिसी सिमेन्ट भने उत्पादन गर्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार नमुना परीक्षणका क्रममा कम्पनीबाट उत्पादित सिमेन्टमा आइआरको मात्रा तोकिएभन्दा अत्याधिक धेरै भेटिएको छ ।

विभागले दुई महिनापछि कम्पनीको फेरि अनुगमन गर्ने र सुधार देखिए उत्पादन अनुमति दिन सक्ने पनि जनाएको छ । विभागको निर्णयसँगै अब कम्पनीले सगरमाथा ओपिसी सिमेन्ट उत्पादन गर्न पाउँदैन ।

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते १७:४४ मा प्रकाशित

You can share this post!

अफगानिस्तानमा विमान दुर्घटना

सिटिजन्स बैंकको ‘सिटिजन्स कोसेली निक्षेप योजना’ : यस्ता छन् सुविधाहरु

Related posts