यस्तो बन्यो सवारी साधानमा नयाँ ऐन, नियम मिच्नेलाई ३० हजारसम्म जरिवाना

काठमाडौं । सडक सवारीलाई व्यवस्थित बनाउनको लागि सरकारले सवारी चालकले नियम विपरित सवारी चलाउने चालकलाई दण्ड जरिवाना बढाएको छ ।

सरकारले नयाँ बनाएको सडक सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन २०७६ सवारी चालकले नियम विपरित सवारी चलाएमा न्यूनतम ३ हजार रुपैयाँ कायम गरेको कारोबार दैनिकले खबर छापेको छ ।

सडक यातायातलाई सहज, सुलभ, भरपर्दो, सुरक्षित बनाएर यात्रु मैत्री वातावरण लिएको छ । कुनै एक प्रयोजनको लागि दर्ता भएको सवारी अन्य प्रयोजनमा प्रयोग गरेमा १० देखि ३० हजारसम्म जरिवाना कायम गरिएको छ ।

चालक अनुमति पत्र नलिई सवारी चलाएमा ५ देखि १५ हजार रुपैयाँ, सवारी दर्ता उल्लेख भएवमोजिम भन्दा अर्का नम्बर प्लेट राखी सवारी चलाएमा प्रमुख अधिकारीले ६ महिना जेल र १० देखि ३० हजारसम्म जरिवाना गर्न सक्नेछ ।

सिट क्षमता भन्दा बढी यात्रु वा माल सामान बोकेमा ५ देखि १० हजार जरिवाना कायम गरिएको छ । स्वीकृति नलिई सवारीको रंग, रुवरुप परिवर्तन गरेमा ५ देखि १५ हजार जरिवाना हुने नयाँ ऐनमा व्यवस्था गरेको छ ।

२०७६ माघ १४ गते प्रकाशित

२०७६ माघ १४ गते ०७:०१ मा प्रकाशित

You can share this post!

कर्मचारीलाई यस्तो फाइदा : सरकारले थप प्रोत्साहन भत्ता दिने, कुन तहका कर्मचारीलाई कति प्रतिशत ?

विद्युत् महसुल दरमा परिवर्तन हुँदै, १० युनिटसम्म निःशुल्क

Related posts