हकप्रद शेयर निष्काशन प्रयोजनको लागि एनएलजीको बुक क्लोज

काठमाडौं । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि एनएलजी इन्स्योरेन्स कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नको लागि बुक क्लोज गरेको हो । माघ २६ गतेसम्म कायम शेयरधनीले ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले सेबोनबाट हकप्रद शेयर निष्काशन गर्नको लागि पुस २९ गते स्वीकृती पाएको थियो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ माघ १४ गते प्रकाशित

२०७६ माघ १४ गते १३:५४ मा प्रकाशित

You can share this post!

८२ प्रतिशतले बढ्यो स्वदेशी लघुवित्तको नाफा

सेयर बजार अपडेट : ११.२५ अंकले बढ्यो नेप्से, यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Related posts