सेयर बजार अपडेट : ११.२५ अंकले बढ्यो नेप्से, यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेश्रो घण्टामा ११ दशमलव २५ अंकले बढेर १ हजार ३१० दशमलव ९५ विन्दुमा पुगेको छ ।

१ हजार ३०० दशमलव ६६ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ८७ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये विकास बैंक, होटल,हाइड्रोपावर, उत्पादन र व्यापारको परिसूचक घटेको छ भने फाइनान्स, जिवन बीमा,लघुवित्त,बैंक,निर्जीवन बीमा लगायतको परिसूचक बढेको छ ।

पहिलो घण्टाको कारोबारमा १७५ ओटा कम्पनीको रू. ९२ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ ।

उक्त बैंकको रू.६२ करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. २९२ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको रू. ५० करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार १४७ रहेको छ ।

२०७६ माघ १४ गते प्रकाशित

२०७६ माघ १४ गते १४:०४ मा प्रकाशित

You can share this post!

हकप्रद शेयर निष्काशन प्रयोजनको लागि एनएलजीको बुक क्लोज

६ महिनामा १२ आयोगको खर्च : एक अर्ब ३२ करोड, सबैभन्दा बढी निर्वाचन आयोग

Related posts