back
NMB ad

धादिङको कालिदह भीरमा दुईको शव भेटियो

Kumari bank ad

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका १ कालिदह नजिकै स्थानीय दुई व्यक्ति मृत फेला परेका छन् । बाटो छेउको भीरमा शव फेला परेकाले उनीहरु दुवैजना भीरबाट खसेर मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

वडा कार्यालय जान भनेर आइतबार घरबाट निस्किएका सिद्धलेक गाउँपालिकाका ३८ वर्षीय भीमबहादुर गुरुङ र ५७ वर्षीय नकुल सापकोटा आइतबार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर थिए।

खोजी गर्ने क्रममा सोमबार साँझ उनीहरुको शव कालिदह नजिकैको भीरमा भेटिएको थियो। शव फेला पर्ने वित्तिकै स्थानीयले प्रहरीलाइ खबर गरेका थिए।

शव फेला परेको जानकारी पाउने वित्तिकै घटनास्थलमा प्रहरी पुगी जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङवेशीमा ल्याइएको छ ।

मृतकका परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी आइसकेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । ’शव फेला परेको छ हामी अनुसन्धानमै छौँ, घटनास्थलको प्रकृति हेर्दा उनीहरु भीरबाट लडेको हुनसक्ने अनुमान गरेका छौँ,’ खड्काले भने, ’पोष्टमार्टम रिपोर्टपछि अनुसन्धान अघि बढाउँछौं।’

उनीहरुको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचय पत्र र नगद २० हजार रुपैयाँ पनि फेला परेको धादिङ प्रहरीले जनाएको छ ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार १६:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...