back
NMB ad

यसकारण अग्नि सापकोटाको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार !

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतले नवनिर्वाचि सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

मंगलबार पक्षका तर्फबाट केही कानुन व्यवसायीहरुले बहस गरिसकेपछि न्यायाधीश मल्ल प्रधानको इजलासबाट यस्तो आदेश भएको हो। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भइरहेको सुनुवाइ हिजो नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलबार सुनुवाइ सकेपछि अदालतले यो मुद्दामा अन्तरिम आदेश जरुरी नरहेको ठहर गरेको हो । तर सर्वोच्चले यो मुद्दामा भएको अनुसन्धानको प्रगतिबारे महान्याधीवक्ताको कार्यालयमार्फत् सरकारलाई प्रश्न गरेको छ ।

अदालतले यस मुद्दा भएको अनुसन्धानको प्रगति विवरण एक महिनाभित्र सर्वोच्चमा पेश गर्न सरकारलाई आदेश दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै गत शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आइतबारै पेशी तोकिए पनि सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्चमा न्यायाधीश नहुँदै बहस गरेका हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

अदालतमा सभामुख बनाउन नहुने मुद्दाको सुनुवाइ चलिरहे पनि प्रतिनिधिसभाबाट आइतबार सभामुख निर्वाचित भएका सापकोटाले सोमबारै सपथ लिएर पदभार ग्रहण गरिसकेका छन ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार १८:२२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...