back
NMB ad

राष्ट्र निर्माणको अभिभारा र अवसरलाई उपयोग गरौं : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशंका नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ ।

यहाँ बुधवारदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशंका रहेमा चिरेर जान आग्रह गर्नुभयो ।

उहाँले अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेकाले कुनै द्विविधा राख्न जरुरी नभएको स्पष्ट गर्नुभयो ।

‘नेपाललाई नयाँ चरणमा लान हामी अग्रसर रहेका छौं, हामी निर्वाचनबाट जनमत लिएर सरकारमा आएको कम्युनिष्ट पार्टी हौं, हामी तीव्र आर्थिक विकासको गतिमा छौं, हामी अब मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा क्रियाशील छौं, देखिएका कमजोरी भएमा सच्याउन सकिन्छ तर आन्दोलनलाई नोक्सान हुने कुरातिर जानु हुँदैन’, उहाँले भन्नुभयो, ‘आत्मनिर्भर हुँदै हामी ऊर्जा र कृषि उपज निर्यातको चरणमा जानेछौं, हाम्रो काँधमा आएको राष्ट्र निर्माणको यो अभिभारा र अवसरलाई उपयोग गरौं ।’

‘एमसीसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ’

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा विसं २०७४ साल भदौ २९ गते गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन –एमसीसी) सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गर्नुभयो ।

पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उहाँले भन्नुभयो, ‘यसमा धेरै विवाद गरिरहनु पर्दैन, यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन, हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन्, त्यसमा हामी नजाऔं, त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।’
सीमा विवाद कूटनीतिक संवादबाट

नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे आफूले संसद्मा विस्तृतरुपमा राख्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौं,सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन,यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो, हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौं ।’

‘चौतर्फी र विकास र उपलब्धि’

सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उहाँले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेशिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तरराष्ट्रिय विमानस्थलहरुको निर्माणमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन शुरु भएको र संघीय संसद् भवनलगायत राष्ट्रिय आवासहरुको निर्माण शुरु भएको बताउनुभयो ।

नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माण शुरु भएको, जनता आवास कार्यक्रम लागू भएको, मेलम्ची खानेपानी आयोजना यसै आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने गरी शुरु गरिएको, २२८ स्वास्थ्य भवन बनेको, भूकम्पपछिको पुनर्निर्माणले असाधारणरुपले गति लिएको र ७५३ पुरातात्विक सम्पदामध्ये ३८७ सम्पदा पुनर्निर्माण सम्पन्न भएको जनाउनुभयो ।

उहाँले विद्यालयमा समयमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध भएको, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरिएको र स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको बताउँदै कर्मचारी र श्रमिकको पारिश्रमिक वृद्धि गरिएको, विद्युतीय सुशासन लागू र फोरजी सेवा विस्तार गरिएको, काठमाडौंका सडकमा बेसहारा रहेका व्यक्तिलाई उद्धार गरिएको र खेल क्षेत्रमा प्रोत्साहन गरिएको अवगत गराउनुभयो ।

उहाँले नयाँ कानून निर्माण भइरहेको, संघीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय संघीयता कार्यान्वयनमा ल्याइएको र भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराउनुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताउनुभयो ।

उहाँले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि शुरु भएको उल्लेख गर्दै हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियालाई सबै तहमा पूर्णता दिई तल्लो तहसम्म परिचालन गर्न स्पष्ट मार्गदर्शन दिन बैठक सफल हुने अपेक्षा पनि व्यक्त गर्नुभयो । रासस

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार १४:२६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...