back
NMB ad

बागमती प्रदेशले स्थापना दिवस मनाउने

Kumari bank ad

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश स्थापना दिवस मनाउने भएको छ । मंगलबार साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले माघ २९ गते दोस्रो प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

स्थापना दिवस भव्य रुपले मनाउन प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालीकराम जम्कट्टेलको संयोजकत्वमा समिति गठनसमेत गरिएको छ ।

गठित समितिका सदस्यमा प्रदेशका सबै मन्त्री, प्रदेश निति तथा योजना आयोगका सदस्य, प्रदेशका मुख्यन्यायधिवक्तालगायत रहेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले अन्तरप्रदेशका बासिन्दाको सुरक्षा, समान व्यवहार सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

बैठकले प्रदेश युवा परिषद गठनका सम्बन्धमा प्रदेश सभामा पेश गने निर्णय गरेको छ । ग्रामिण सडक पुर्वाधार सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्ने लगायतका निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार १२:३१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...