भोलि सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । भोलि सार्वजनिक बिदा दिएको छ । एक सूचना निकाल्दै शहीद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकालेसार्वजनिक बिदा दिएको हो ।

केही वर्षअघिसम्म सरकारले नै सहिद दिवसको दिन सार्वजनिक बिदा दिने गरेको थियो। तर, हाल यो बिदा कटौति गरिएको छ ।

व्यास नगरपालिकाले सहिदको सम्झनामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सहिदको सम्मान स्वरुप माघ १६ गते यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

नगरपालिकाले प्रत्येक वर्ष व्यास५ मानहूँकोटदेखि ८ नम्बर वडाको पुलिमराङसम्म खुला अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ। यो प्रतियोगिता यसवर्ष पनि आयोजना हुने नगरपालिकाले जनाएको छ।

२०७६ माघ १५ गते प्रकाशित

२०७६ माघ १५ गते १७:०८ मा प्रकाशित

You can share this post!

मेगा बैंकले गर्यो धापासीमा वित्तीय साक्षरता कार्यक्रम

हेटौंडा सहिद पार्कलाई कृषि विकास बैंककाे सहयाेग

Related posts