back
NMB ad

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वाचित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो ।

राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचित १८ र मनोनीत एक जना गरी १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सुरु भएसँगै समितिमा सभापति र सदस्यहरूको हेरफेर हुनेछ ।

राष्ट्रिय सभा नियमावली, २०७५ मा यस्तो हेरफेरसम्बन्धी व्यवस्था गरिएको छ । प्रत्येक समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था गरिएको छ । समितिको कार्यविधि समाप्त भएमा समितिको सभापति पद रिक्त हुने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रत्येक दुई वर्षमा नयाँ सदस्यहरू आउने व्यवस्था भएको हुँदा नयाँ आउने सदस्यहरूको व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको बताए ।

उनले सभापतिबाहेक अन्य सदस्यको कुनै पनि बेला समिति हेरफेर हुनसक्ने जानकारी दिए । आवश्यकता र मागका आधारमा सदस्यहरूको हेरफेर हुने व्यवस्था रहेको छ । यसको अधिकार अध्यक्षमा सुरक्षित रहन्छ आजको गोरखापत्र दैनिकमा सविता शर्माले लेखेकी छिन् ।

२०७६ माघ १६ गते प्रकाशित

वि.सं.२०७६ माघ १६ बिहीवार ०७:०० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...