back
NMB ad

सनराइज बैंकको वितरणयोग्य नाफा ५१ करोडभन्दा बढी

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ९४ करोड ४३ लाख ८८ हजार खुद नाफा गरेको छ ।

बैंकले बिहीवार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष यसै अवधिमा बैंकले रू. ७९ करोड २७ लाख ५३ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष १९ दशमलव १२ प्रतिशतले नाफा बढेको हो ।

सञ्चालन मुनाफा पनि गत वर्षभन्दा १८ दशमलव ४२ प्रतिशत बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा रू. १ अर्ब १३ करोड ५९ लाख ३ हजार सञ्चालन गरेको बैंकले यस वर्ष रू. १ अर्ब ३४ करोड ५१ लख ५० हजार गरेको छ । बैंकको यस अवधिमा वितरणयोग्य नाफा रू. ५१ करोड ९० लाख ३८ हजार रहेको छ ।

यस वर्ष १० प्रतिशत बोनस शेयरबाट चुक्तापूँजी रू. ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार पुगेको छ । जगेडा कोष रकममा पनि गत वर्षभन्दा ४ प्रतिशत वृद्धि देखिएको छ ।

जगेडा कोष रकम रू. २ अर्ब ९३ करोड १० लाख ४ हजार कायम भएको छ । बैंकले यस त्रैमासमा रू. ८२ अर्ब १५ करोड ५८ लाख १४ हजार निक्षेप संकलन गरेको छ भने रू. ७५ अर्ब ५८ करोड ७८ लाख ५२ हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष भन्दा बैंकले निक्षेप संकलन करीब ९ प्रतिशत र कर्जा प्रवाह ९ दशमलव ७६ प्रतिशत वृद्धि गरेको हो । निष्क्रिय कर्जा १ दशमलव ६९ रहेको यस बैंकको प्रतिशेयर आम्दानी यस त्रैमासमा रू. २१ दशमलव शून्य ६ रहेको छ ।

२०७६ माघ १६ गते प्रकाशित

वि.सं.२०७६ माघ १६ बिहीवार १३:५६ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...