बागमती प्रदेश सभाको सचिवालयमा दुई विधेयक दर्ता

काठमाडौं । बागमती प्रदेश सभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएका छन् ।

दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताउनुभयो ।

बाग्मती प्रदेश सभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने तय भएको छ । प्रदेश सभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो ।

२०७६ माघ २० गते १४:१३ मा प्रकाशित

You can share this post!

नेप्से १३४४.२७ विन्दुमा, १ अर्बभन्दा बढीको शेयर कारोबार, नेको इन्स्योरेन्सको सर्वाधिक

काठमाडौंको धर्मस्थलीमा प्रभुको शाखा

Related posts