back
NMB ad

कोरोना भाइरसको असर : ह्वातै बढ्यो लसुनको मूल्य, प्रतिकिलो कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । हालैमात्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाली बजारमा लसुनको मूल्य ह्वातै बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले दिएको जानकारीअनुसार चीनमा कोरोना भाइरस देखा परेसँगै नेपालमा लसुनको मूल्य वृद्धि भएको हो ।

बाह्रखरीसँग कुरा गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार व्यवस्थापन अधिकृत मनोज धितालले नेपाल लसुनमा चीनसँगै र्निभर छ । भारतबाट थोरै मात्रामा आउँछ, जसले गर्दा चीनसँग जोडिएका सबै नाका बन्द भएसँगै लसुनको मूल्य वृद्धि भएको बताए ।

समितिका अनुसार कालीमाटीमा माघ १ गते लसुनको खुद्रा मूल्य प्रतिकिलो २८५ रुपैयाँ रहेको थियो भने त्यसयता क्रमशः मूल्य वृद्धि हुँदै सोमाबार लसुनको मूल्य प्रतिकिलो ५५५ रुपैयाँ पुगेको छ ।

समितिका अनुसार एक गतेको तुलनामा सुकेको लसुनको अधिकतम खुद्रा मूल्य किलोमा १२६ दशमलब ५५ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी, कालीमाटीमा आज लसुनको अधिकतम थोक मूल्य प्रतिकिलो ४४९ रुपैयाँ रहेको छ । धितालका अनुसार माघ १५ देखि कालीमाटीमा तीन टनको हाराहारीमा मात्र लसुन आयात भएको छ ।

कालीमाटी तरकारी बजारको होलसेल बजारमा लसुनको अभाव भए पनि खुद्रा पसलमा लसुन स्टक राखिने भएकाले अभाव नहुने धितालले बताए । “होलसेल बजारमा लसुन अभाव भएको हो, खुद्रा बजारमा लसुन स्टक छ अभाव हुँदैन,” उनले भने ।

वि.सं.२०७६ माघ २० सोमवार १६:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...